बिपि स्मृति दिवसको अवसरमा वागेश्वरी क्याम्पसमा गरियो वृक्षारोपण

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलवार ३८ अौ विपि स्मृति दिवसको अवसरमा क्याम्पसमा वृक्षारोपण गरिएको हो ।नेपाल विद्यार्थी संघ र प्रजातन्त्रबादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा गरिएको वृक्षारोपण कार्यक्रममा क्याम्पसका प्राध्यापक, बिद्यार्थी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी यनियन बागेश्वरी क्याम्पसका पुर्ब उपसभापति यज्ञ महरा, नेबिसंघका जिल्ला अध्यक्ष पुर्ण आचार्य, बागेश्वरी क्याम्पस इकाई सभापति राम प्रशाद पाण्डे, प्रजातन्त्रवादी प्राध्यापक संघ मध्यपश्चिम बिश्वबिद्धालय समन्वय समिति सदस्य तथा बागेश्वरी क्याम्पस इकाई अध्यक्ष टेकेन्द्र कुमार महतारा लगायतको उपस्थिति रहेको थियो ।