मेडिकल कलेजमा उपचारगर्न आएका बिरामीमा कोरोना संक्रमण

नेपालगन्ज, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेका एक बिरामीमा कोरोना संक्रमण भएको छ ।

स्वाब दिएर नेपालगन्ज मेडिकल कलेजमा उपचार गराउन आएका दैलेख घर भएका एक विरामीमा सुर्खेत स्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ कार्यालय बाँकले जनाएको छ ।

सोमबार रातीमात्र संक्रमित बिरामीलाई खजुरास्थित आइसोलेसन सेन्टरमा लगिएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ । बिरामीमा कोरोना पुष्टि भएसँगै नेपालगञ्ज मेडिकल कलेजका बिरामी, बिरामीका कुरुवा, स्वास्थ्यकर्मी लगायत त्रसित बनेका छन् ।