‘जिज्ञासु’ का ४ मुक्तक

१.
प्रिय तिमी आउने बाटो हेर्दा हेर्दै रात टर्यो
अनायासै नयन बाट बलिन्धारा आशु झर्यो
केही पलको बिछोडमा बेचैनिले मुटु पोल्छ
पिरतिले जिन्दगीको यो मोडमा गर्नु गर्‍यो
२. 
कहिले काही रिसाएर घुर्काउनुमा बेग्लै खुशी
मनाउन उन्ले मलाई फुर्काउनुमा बेग्लै खुशी
यस्तैमा झन माया गाढा हुदो रैछ थाहा पाए
प्रेमको त्यो पालुवालाई हुर्काउनुमा बेग्लै खुशी
३. 
कोरोना कसरी उत्पन्न भयौ यसरी बैज्ञानीकलाई पनि हराइ छाड्यौ,
बलवान तिमी सावित भयौ शक्तिशाली राष्ट्रलाई क्षेणमै डराइ छाड्यौ  ।
भेद्भाव रहित तिम्रो यस्तो आतंकले मानव सारा त्रसित छन रुवाबासी छ,
लासै लासका खात छन संसारभरी यो कस्तो विश्व युद्द गराइ छाड्यौ ।
४ .
जीवन मेरो औंसीको रात काहाँ पाउनु जून मैले
क्षितिज पारी छ कि खुसी सकिन कँही छुन मैले ।
ठक्कर हन्डर बाँचुन्जेल यात्राभरी काँडै (काडाँ
मृत्यु पच्च्यात छुट्ला बल्ल धुरू (धुरु रुन मैले ।