सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या ४ हजार नजिक, १६ सय ७९ डिस्चार्ज

७ हजार क्वारेन्टाइनमा

धनगढी, सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजारनजिक पुगेको छ । हिजो (आइतबार) साँझसम्म प्रदेशमा ३९ सय २५ जना संक्रमित पुगेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमा ९१५ महिला र ३ हजार १० पुरुष छन् । ६ हजार ९ सय ४९ जना क्वारेन्टाइनमा  छन् ।

सबैभन्दा बढी कैलालीमा १०६१ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै अछाममा ६३७, बैतडीमा ३००, बाजुरामा ४४६, डडेल्धुरामा २९०, डोटीमा ५४३ र कञ्‍चनपुरमा ४६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

दार्चुलामा २० र बझाङमा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशमा कोरोनाका कारण आठजनाले ज्यान गुमाएका छन् । १६ सय ७९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।