बाराका वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना पुष्टि

देवतालमा अनिश्चितकालीन निषेधाज्ञा

बारा, बाराका एक वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका तीन, सुवर्ण गाउँपालिकाका तीन र अरु ६ जना गरी ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

देवतालमा अनिश्चितकालीन निषेधाज्ञा

बाराको देवताल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान हुँदै आएका सबै सेवाहरु अर्काे सूचना नहुँदासम्म बन्द गर्न निर्देशन दिएका छन् ।

छिमेकी नगरपालिका र गाउँपालिकाबाट देवताल प्रवेश गर्न र गाउँपालिकाभित्र हुने दैनिक आवतजावत् र सवारीसाधन सञ्चालनमा समेत पूर्णरुपमा निषेध गरिएको छ । हाट बजारसहितका अन्य सबै पसलहरु बन्द गर्न निर्देशन दिइएको छ ।

देवताल गाउापालिकाभित्र अर्को सूचना जारी नहुञ्जेल विवाह व्रतबन्धलगायत धार्मिक तथा साास्कृतिक कार्यहरु पनि नगर्न प्रशासनले निर्देशन दिएको छ । एम्बुलेन्स, अत्यावश्यक खाद्यान्न, औषधि, ग्याँस, दूध, तेलका पसलहरु भने सञ्चालन हुने जिल्ला प्रशशासन कार्यालय बाराले जानकारी दिएको छ ।

यसैबीच प्रदेश–१ का ७९३ जनामा सङ्क्रमितमध्ये ७०२ जना डिस्चार्ज भएका छन् । प्रदेश–१ मा अहिलेसम्म ८८ दशमलव ५४ प्रतिशत निको भएका हुन् । संक्रमण देखिएका ८८ जनाको उपचार भइरहेको छ ।