नेकपाका युवा नेता सिंहले भने पार्टीलाई युवा पुस्ताको जिम्मा दिनुस्

काठमाडाैँ,  नेकपाका युवा नेता तथा युवा संघ नेपालका पर्व सचिब बचन बहादुर सिंहले पार्टीको भविश्यका लागि बुढाहरुले अबकास लिनुपर्ने बताएका छन । नेता सिंहले सामाजिक सञ्जालमा स्टाटस मार्फत उनले पार्टीका पार्टीलाई सम्मुनत बनाउने भए बुढाहरुले युवा पुस्तालाई सुम्पिनु पर्ने बताएका हुन ।

सिंहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध भइरहेको गुटबन्दीको कडा प्रतिवाद समेत गरेका छन । युवा नेता सिंहले ओलीको बिकल्प ओली मात्रै रहेको तर्क गर्दै उहाँले छाडदा सवै शीर्ष नेताले छाडनु पर्ने र युवालाई नेतृत्व सुम्पनुपर्ने बताएका हुन ।

यस्तो छ नेता सिंहको स्टाटस

आजको तीन नेताको वार्तामा प्रधानमन्त्रीको राजिनामाको प्रसंग उठाइएछ । राष्ट्रियताको पक्षमा उभिदा यदी उहॉले पद छाड्नु पर्ने हो भने अहिले धेरैजसो पार्टीको उच्च तहमा भएका अधिकांश नेताहरुको क्षमताको अन्तिम प्रयोग भइसकेको छ । उहाँहरुले सक्ने यत्ति हो ।देशलाई यो उचाइमा ल्याउन उहाँहरुले खेल्नु भएको भूमिका उहाँहरुको राजनीतिक जीवनको सर्वोत्कृष्ट भूमिका हो । अब उहाँहरुले यसलाई बचाइ राख्ने मात्रै हो। देश र पार्टीलाई समुन्नत बनाउने जिम्मेवारी अब युवा पुस्तालाई सुम्पिदा हुन्छ। पार्टीमा सो जिम्मेवारि बहन गर्न सक्ने थुप्रै क्षमतावान युवाहरू हुनुहुन्छ र धेरैले आफुलाई सक्षम प्रमाणित पनि गरिसक्नु भएको छ।