सम्झनुस् दु:खको साथी हो प्रहरी : एसपी राना (भिडियोसहित)

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले प्रहरी आम नागरीकको दुख सुखको साथी भएको बताएका छन । बिहिवार कुसेन्युजसंगको बिशेष संबादमा एसपी रानाले नागरीकका हरेक दुख र सुखमा प्रहरी साँची हुने बताएका हुन ।

रानाले भने बहु साँस्कृतिक,धार्मिक, भूगोलका मानिस बसोबास गर्ने बाँकेको प्रहरी संगठनको नेतृत्व आफ्नो लागि चूनौती र अवसर दुबै भएको जिकिर गरे । उनले भने मैले मेरो अनुभवको लगानी बाँकेमा गर्नेछु । बाँकेको शान्ति सुरक्षामा पुर्ण जिम्मेबार भएर काम गर्नेछु । उनले बाँके आए लगत्तै १७ बुँदे कार्ययोजना तय गरेर आफु बढेको बताएका छन ।

बाँकेलाई अपराध मुक्त बनाउँछु

एसपी रानाले बाँके जिल्लालाई अपराध मुक्त बनाइने बताएका छन् । १महिना पहिले बाँके प्रहरीको नेतत्व सम्हालेका उनले बाँकेलाई अपराध मुक्त बनाउने रणनिति तयार गरेर अगाडि बढिसकेको जानकारी दिएका छन ।

उनले आफू बाँकेमा जिल्लामा रहदा सम्म सम्पूर्ण पक्षसँग सहकार्य र समन्वयका साथ यहाँका सुरक्षा चूनौती कम गर्नको लागि क्रियाशिल हुने बताए । अनुभवको भरपुर प्रयोग गरि बाँकेमा शान्ति सु–व्यवस्था कामय, अपराध नियन्त्रण र गैरकानुनी गतविधि नियन्त्रण आफ्नो प्राथमिकता रहेको बताए ।

अपराध नियन्त्रणको लागि प्रहरीको मात्रै भूमिका नभएर हरेक नागरिकको दायित्व भएको भन्दै सबै मिलेर समृद्ध समाज र शान्ति सुरक्षा कामय गर्नको सबै एकजुट हुनुपर्नेमा समेत जोड दिए । ‘नागरिकको सुरक्षाको लागि प्रहरी २४ सै घण्टा सक्रिय रहन्छ । यहाँ नागरिकले अब असुरक्षाको महशुस गर्नु हुने छैन । हामी योजनाका साथ अघि बढेका छौ ।’ उनले भने ।

राना अहिलेसम्म रोल्पा, कालिकोट, दाङ, अर्घाखाची, रसुवा र उदयपुर लगायतका जिल्लामा प्रहरी प्रमुखको रुपमा काम गरिसकेका प्रहरी अनुभवी र इमान्दार छबिका अधिकृत हुन् ।

भिडियो