१५ बर्षे आवधिक योजना तय गरेका छौँ : अध्यक्ष कक्षपति (भिडियोसहित)

नेपालगन्ज, बाँके खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतक कुमार कक्षपतिले संघिय सरकार, प्रदेश सरकार र आफनो चुनावी घोषण पत्रअनुसार अगाडि बढिरहेको बताएका छन । उनले संघिय सरकारको २५ बर्षिय आबधीक योजना प्रदेश सरकारका २० बर्षे आबधिक योजनामा टेकेर गाउँपालिकाले १५ बर्षे आबधिक योजना तय गरेर अगाडि बढेको बताए ।

 

कुसेन्युजको कुसे संबादमा बिशेष कुराकानी गर्दै अध्यक्ष कक्षपतिले चुनाबी घोषण पत्रअनुसार ६५ प्रतिशत काम गरिसकेको दावी गरे । उनले बाँकी काम २ बर्षमा पुरा गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

खजुरालाई समृद्ध खुजरा तथा नमुना खजुरा बनाउने अभियानमा आफू प्रतिबद्ध भएको जिकिर गरे  । अध्यक्ष कक्षपतिले खजुरालाई शैक्षिकहब, स्वास्थ्य हब, खेलकुद हब र कृषि हवका रुपमा बिकास गरिहेको बताए । उनले खजुरालाइ ग्रिनसिटिका रूपमा बिकास गर्न लागेकाे जानकारी दिए ।

उनले भने म खजुरालाई मेरो कार्यकालमा बाँकेकै नमुना ठाउँका रुपमा बिकास गर्छु त्यसका लागि गुरु योजना समेत बनाइसकेको छु । आबधिक येजनाका साथ टिम अगाडि बढिसकेको छ ।

हेर्नुस भिडियो