निर्णायक भनिएको ओली-प्रचण्डको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौँ, प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको निर्णायक भनिएको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी थिए । तर, बैठक बिना निष्कर्ष टुंगिएको बताइएको छ ।

स्रोतका अनुसार भोलि स्थायी समिति बैठक बस्नेछ ।