ओली र प्रचण्डबीच आज पनि वार्ता

काठमाडौं ,पार्टीभित्र विवाद चर्किएपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि वार्ता हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता बिहिबार बिहान ११ बजेपछि बस्ने तय भएको छ ।

बुधबार पनि अध्यक्षद्वयबीच अढाई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । तर, ठोस निर्णय केहि भएन ।

गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ। तर, ओलीले भने कुनै पनि पदबाट नहट्ने अडान लिइरहेका छन् ।

यस्तै, बाढी पहिरोका कारण विपत्मा फसेकाको उद्धारको लागि कार्यकर्तालाई निर्देशन दिँदै साउन २ गतेसम्मका लागि स्थगित भएको छ।