विप्लव नेकपाका सेती महाकाली ब्युरो इञ्चार्ज ओम पुन गिरफ्तार

धनगढी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । सोही पार्टीका एक विद्यार्थी नेताका अनुसार पुनलाई धनगढी आसपासबाटै प्रहरीले पक्राउ गरेको हो ।

ती विद्यार्थी नेताका अनुसार पुनलाई प्रहरीले केही दिन देखि पिछा गरिरहेको थियो । फुलवारीबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

पुनसँगै अखिल नेपाल महिला संघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी छन् । धामी पुनकी श्रीमती हुन् ।

जिल्ला प्रहरी कार्यालयक कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले एक महिला र एक पुरुष गरि दुई जनालाई केही बेर अघि पक्राउ गरिएको बताए ।

उनले धनगढी उपमहानगरपालिकाको कनरीबाट पक्राउ गरिएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरेको बताउँदै को हुन् भन्ने बारे खुलिनसकेको उल्लेख गरे ।