दाङमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ३०

 दाङ, दाङका ५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा बबई गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालका अनुसार कोरोना पुष्टि हुनेमा बबई गाउँपालिका वडा नम्बर ३ का वर्ष २४ का एक पुरुष, ३ का वर्ष २८ का पुरुष रहेका छन् । त्यस्तै ४ का वर्ष ४२ का, ६ का ४३ र ३८ वर्षका पुरुष रहेका छन् ।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ३० पुगेको छ । संक्रमित मध्ये ४ सय भन्दा धेरै निको भइसकेका छन् । दुई जनाको मृत्यु भएको छ ।