डोजरे जनप्रतिनिधिहरूलाई कारबाही गर्ने बिप्लव नेकपाको चेतावनी

काठमाडौँ, स्थानीय जप्रतिनिधिहरूले नगरपालिकालाई प्राइभेट कम्पनीजस्तो बनाएर चलाएको भन्दै नेपाल कम्युनिस्ट पार्टी अछामले डोजरे जनप्रतिनिधिहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी अछाम पञ्चदेवल विनायक नगर समिति इन्चार्ज किशोरले प्रेस विज्ञप्ति जारी गर्दै अछाममा जनतप्रतिनिधिहरूले गाउँगाउँमा डोजर आतङ्क फैलाएको भन्दै प्रदेशबाट विनियोजित बजेटको सरकारी नेकपाका कार्यकर्ता पोस्ने र नेताहरूको घडेरी किन्नेबाहेक अरू कुनै लक्ष्य नभएको बताएका छन् ।

आफ्ना कार्यकर्ताहरूलाई योजना दिएर कमिसन खाने भ्रष्टाचारी प्रवृत्ति खुलेआम रहेकाले कामै नभएका र आधा काम भएका केही योजनाहरूको विवरण सार्वजनिक गर्ने नेकपाले बताएको छ ।

सरकारी नेकपाले जनताको विकासमा अवरोध पुर्याउने उद्देश्यले बेमौसमी आन्दोलनको बाजा बजाएको र आफूले मागेको रकम नगरपालिकालबाट विनियोजित नभएपछि आन्दोलनको हौवा पिटिएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्लाको पञ्चदेवल विनायक नगर समिति २ का अध्यक्ष पदमबहादुर धामीका हत्यारा पत्ता लगाउन नसकेको उल्लेख गर्दै विज्ञप्तिमा धामीका हत्यारा पत्ता लगाई कानुनी कारबाहीका लागि पहलकदमी लिन नगरपालिकालाई आग्रह गरिएको छ ।