बाँकेका ८ बिद्यालयमा क्रान्तिकारीको कालो ब्यानर

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल ९क्रान्तिकारी० बाँकेले जिल्लाका ८ वटा विद्यालयमा कालो ब्यानर टाँसेको छ । लकडाउनका बेला अनलाइन कक्षाका नाममा मनोमानी शुल्क उठाएको भन्दै अखिल क्रान्तिकारी बाँकेको एक सामुदायिक सहित ८ वटा बिद्यालयमा कालो ब्यनार टासेको हो ।

बन्दाबन्दिको समयमा अनलाईन शिक्षाको नाममा मनोमानी रुपमा शुल्क उठाउने मध्यका बाँकेको एक सामुदायिक बिध्यालय त्रिभुवन नमुना विध्यालय कोहलपुर, वईस्ट्रन मावि कोहलपुर, बागेश्वरी सेकेन्डरी बोर्डिङ स्कुल चटार, बागेश्वरी ईङ्लिस मिडियम स्कुल मदनचोक, हिमालय विद्यानिकेतन माबि वनकटुवा, आदर्श माबि नेपालगँञ्ज, एबिसि आवासिय माध्यमिक विद्यालय नेपालगन्ज र युनाइटेड सेकेन्डरी स्कुल लगायतका निजि बिधालयमा ब्यानर टाँसेको अखिल क्रान्तिकारीले जनाएको छ ।

क्रान्तिकारीले पहिलो चरणमा नमुनाको रुपमा छानेर चेतावनी स्वरुप कालो ब्यानर टाँसेको बताएको छ । र कारवाहिको प्रक्रियालाई निरन्तर अघाडी वढादने समेत जनाएको छ । साथै अनाशब्यक शुक्क उठाउने कार्य तत्काल बन्द नगरे अझै शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।