आखिर यो जिन्दगीको यात्रा चिहानसम्म हो

गजल

तिम्रो घमण्डले फोड्न सक्ने चट्टानसम्म हो ।
आखिर यो जिन्दगीको यात्रा चिहानसम्म हो ।

कुनै संवाददाता जस्तै लाग्छन् कुरा काट्नेहरु
नभएको कुरा पुर्याउने दुनियाँको कानसम्म हो ।

प्रेमको परिभाषा नबुझ्नेहरु अदालतसम्म पुग्छन्
सम्बन्ध बिच्छेदमा फेरिन सक्ने बयान सम्म हो ।

समय,परिस्थिति सधै एकैनासको हुदैन बुझिराख,
हामीले गर्नुपर्ने हर चुनौतीको समाधानसम्म हो ।

मलाई सिमानामा काँडेतारको रूपमा बस्ने मन छ,
वीर गोर्खालीले सहन नसक्ने अपमानसम्म हो ।

बाँके हाल – दक्षिण कोरिया