भेरी अस्पतालको परिक्षणमा थप ४ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ असार २९, सोमवार
प्रकासित समय : [nepaliTime]
बाँके, भेरी अस्पतालमा गरिएको परिक्षणमा सोमबार बर्दिया र दाङका गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार सोमबार संक्रमण पुष्टि भएकामा बर्दिया बढैयाताल २ का २६ बर्षिय पुरुष र मधुबन ९ का१८ बर्षिय पुरुष, दाङ गढवा ३ र ६ का ४० र २३ बर्षिय पुरुष रहेका छन ।
पछिल्लो ४८ घण्टामा गरिएका ८ सय नमुना मध्ये ४ नमुनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।


