कोइलाबासमा रेडक्रसको अभियान

कोइलाबास, गढवा गाउँपालिकाको वडा नम्बर ८ कोइलाबासमा नेपाल रेडक्रस सोसाइटी इन्कोर परियोजनाले बिभिन्न अभियानहरु संचालन गर्दै आएको परियोजनाका फिल्ड अधिकृत देवि प्याकुरेलले जानकारी दिनुभयो । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा शनिवार कोरोना पुर्व तयारी प्रतिकार्य कार्यक्रम अन्तरगत सहयोगि कार्यदललाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

 

रेडक्रसले कोइलाबासका २६ घरधुरीका बिपन्न र सिमान्तकृत नागरिकहरुलाई जिविकोपार्जन कार्यक्रम संचालन गरेको छ भने २५ घरधुरीलाई बाख्रा वितरण गरेको तथा एक किराना पसलका लागि सहयोग गरेको प्याकुरेलले बताउनु भयो । यसैगरि ४० घरहरुमा जुठेल्नो निर्माण गरेको र बाख्रापालक किसानहरुलाई एक बोयर बोका निःशुल्क अनुदान स्वरुप उपलब्ध गराएको छ । फोहर ब्यवस्थापनलाई मध्यनजर गर्दे बजार क्षेत्रमा ३ वटा फोहर जलाउने इन्सुलेटर निर्माण गरेको तथा समय समयमा बिपद प्रतिकार्यका बिभिन्न सचेतनामुलक तालिमहरु संचालन समेत गरेको रेडक्रस इन्कोर कार्यक्रमले जनाएको छ ।

यसैबिच शनिवार सम्पन्न अभिमुखिकरणबाट खबरीनाका,मुसिनाका र कोइलाबास बजारमा बिपद प्रतिकार्यमा काम गर्ने सहयोगि कार्यदलहरु समेत गठन गरिएको कार्यक्रमका अधिकृत प्याकुरेलले जानकारी दिनुभयो । गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण परियोजनाका अधिकृत देवि प्याकुरेल र कार्यक्रमका जिल्ल