को , कसको साथमा हुन्छ र ? अन्तिमसम्म

गजल

हेर्नुस् महाभारतको,यूधिष्ठिरदेखि भिमसम्म ।
को , कसको साथमा हुन्छ र ? अन्तिमसम्म ।

आमा म कुन छिमेकीको विश्वास गर्न सक्छु ?
एकले तिब्बत खायो, अर्कोले सिक्किमसम्म ।

सरकार ब्यापार हेरेरै वैधानिकता मिल्छ भने
देह बेच्न देउ,र बेच्न देउ चरस अफिमसम्म।

आउन ए चरीहरू१हाम्रा सन्देश बोकेर हिड्देउ
‘म’ देखि उनी सम्म र उनी देखि ‘म’ सम्म ।

अँध्यारोमा सुर्यको सम्झनाले प्रमाणित गर्यो
सुर्य को जिन्दगी हुँदैन , केवल पश्चिमसम्म ।

राप्ती सोनारी गापा ७ बाँके