तस्विरमा : पहिरोले भासिएको बारेकोटको दर्दनाक कथा
जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन ।

अविरल वर्षाका कारण बारेकाेटका अन्य क्षेत्रमा पनि पहिरो जाने सम्भावना बढेकाले पाँचसयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । पहिराेले ठूलाे जनधनकाे क्षति भएकाे छ ।

पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ ।







Related Posts
-
जाजरकोटमा पहिरोको बितण्डा : रिसाङमा एक जनाको मृत्यु, ३ बेपत्ता
जाजरकोट, अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको -
कुलमानको उज्यालोमा बर्तौलाको कमान्ड
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले काठमाडौं उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्व

