थप ८२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ८०१

२४ घण्टामा थप १४७ जना डिस्चार्ज

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८ हजार ५८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जना उपचारपछि डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये ५१.१ प्रतिशत निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ३८ जनाले ज्यान गुमाईसकेका छन् ।

यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।

नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ३ हजार ९१६ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार ७८४ छ भने आइसोलेसनमा ८ हजार १७४ जना उपचाररत छन् । हाल मुलुकका २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ।