दाङमा थप ३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ६ सय २३

दाङ,  दाङमा शनिबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३, ४, ६ का क्रमश ५७, ४५, २६ वर्षका ३ जना पुरूषमा संक्रमण देखिएको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानका अनुसार गाउँपालिकाबाट संकलन गरिएको ३२ वटा नमुना परिक्षण गर्दा ३ जनाको पोजेटिभ र २९ जनाको रिपोट नेगेटिभ आएको हो ।

प्रतिष्ठानमा हाल सम्म १५ हजार ३ नमुना संकलन गरिएकोमा सवैको परिक्षण भईसकेको छ । जसमा ७ सय ८९ पोजेटिभ र १४ हजार २ सय १४ जनाको नतिजा नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । याे संगै जिल्लामा काेराेना संक्रमितकाे संख्या ६ सय २३ पुगेकाे छ ।