गजल

भन , कलम अनि तरबार कुन बलियो हुन्छ ?
भन , सन्यास अनि घरबार कुन बलियो हुन्छ ?

नपाई इशारा पी ए को टेर्छ कहाँ हाकिमले
भन , हाकिम अनि खरदार कुन बलियो हुन्छ ?

अनुदानको कुर्सीमा मस्त उँग्न थालेपछि
भन , माग्ने अनि सरकार कुन बलियो हुन्छ ?

अत्याचारको रथमा चढी कता पुग्यौ तिमी ?
भन , जनता अनि दरबार कुन बलियो हुन्छ ?

बागमती ११, कर्मैया, सर्लाही