राप्ती गाउँपालिकामा चेम्बरद्धारा कोरोना बिरूद्धको औंषधी निशुल्क बितरण गर्ने
प्रकासित मिति : २०७७ असार २३, मंगलवार १९:२५
प्रकासित समय : १९:२५
भालुवाङ, दाङकाे राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले कोरोना भाइरस बिरूद्घकाे रोग प्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमोप्याथीक औंषधी निशुल्क वितरण गर्ने भएको छ ।

चेम्बरले भोलि असार २४ गते बुधबार बिहान ११ बजे राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजारमा एक कार्यक्रमको आयोजना गरी आैंषधी वितरण गरिने चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् ।
मारवाडी सेवा समिति काठमाडौंको अायोजना एवम् राप्ती गाउँपालिकाको समन्वयमा अाैषधी वितरण गरिने भएको छ । राप्ती गाउँपालिकाको ९ वटै वडामा सो अाैषधी वितरण गरिने चेम्बरले जनाएको छ । चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा मंगलबार अाफ्नै कार्यालयमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

