राप्ती नदीले बगाउँदा देउखुरीमा एक महिलाको मृत्यु
प्रकासित मिति : २०७७ असार २३, मंगलवार १७:१७
प्रकासित समय : १७:१७
दाङ, दाङमा राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार विहान औषधी किन्न भनेर घरबाट निस्केकी राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरीलाई राप्ती नदिले बगाएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूमगरले जानकारी दिए ।
भालुवाङ स्थित राप्ती नदी पुलको आसपासबाट बगेको हुन सक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। अहिले उक्त शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

