यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका ४ जिल्ला
काठमाडौं, नेपालभर कोरोना संक्रमित मुक्त ४ जिल्ला भएका छन्। प्रदेश १ मा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णालीमा हुम्ला कोरोना मुक्त जिल्ला भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
त्यसैगरी, कर्णाली प्रदेशमा कोरोना जितेर जानेको संख्या बढदै गएको गौतमले बताए। उनले भने,’ दैनिक जसो आइसोलेसन रित्तिँदै गएका छन्। १२ सय ३१ जनाले कोरोना संक्रमितले कोरोना जितिसकेका छन्।’ उनका अनुसार आइतबार थपिएका ९ जना सहित संक्रमतिको संख्या १४ सय ९८ पुगेको छ। दैलेखबाट ७ सय ३ जनाले कोरोना जितेर घर फर्केका छन्।
पछिल्लो २४ घण्टामा देशभर २ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए। आज मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने ६ सय ८८ जना रहेका छन्। हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९९ रहेका छन्।

