प्रहरी महानिरीक्षक नियुक्त गर्न मन्त्रीपरिषदको बैठक बस्दै
प्रकासित मिति : २०७७ असार २३, मंगलवार १०:५८
प्रकासित समय : १०:५८
काठमाडौं, मन्त्रीपरिषदको बैठक बस्दै छ । प्रहरी महानिरीक्षक छनौट गर्न बिहिबार दिउसो चार बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।
नयाँ महानिरीक्षककोे प्रतिस्पर्धामा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्री र पाललाई सरकारले गत फागुन १५ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।
हाल क्षेत्री प्रहरीको मानवस्रोत तथा प्रशासन विभाग र पाल कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख छन् । मन्त्रीपरिषद बैठकमा अन्य नियमित एजेण्डाहरु पनि छन् ।

