पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ असार २३, मंगलवार १५:११
प्रकासित समय : १५:११
काठमाडौँ, पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण देखिएको छ। जिल्लाको भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
उनलाई परिवारले आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला पारेका थिए । डोरी काटेर लगत्तै उनलाई गोरखाको एक निजी अस्पताल पुर्याइएको थियो ।
तर, अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो । आईसीयूमा राखेर उपचार गर्ने क्रममा उनको गएराति मृत्यु भएको हो ।
मृत्यु भएपछि कोरोना परीक्षण गर्दा युवकमा संक्रमण पोजेटिभ देखिएको हो ।

