थप २३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५ हजार ४९१
प्रकासित मिति : २०७७ असार २०, शनिबार १६:३९
प्रकासित समय : १६:३९
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । आज (शनिबार) थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार ४१५ पुगेको छ । पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार १२५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला चार हजार ५० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट दुई लाख ४२ हजार २४७ र आरडीटी विधिबाट तीन लाख १० हजार तीन सय जनाको नमूना परीक्षण भएको छ ।