गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७९

पोखरा, गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न ६ जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा बाग्लुङका २, म्याग्दीका ३, स्याङ्जाका १, तनहुँका २, कास्कीका २ र नवलपरासी पूर्वका ७ जना रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ । संक्रमणबाट अहिलेसम्म तीन जनाको मृत्यु भैसकेको