अछाममा भीरबाट लडेर एक युवाको मृत्यु

अछाम,अछामको रामारोशन गाउँपालिका वडा नं ५ स्थित रामारोशन क्षेत्रमा एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । रामारोशन गाउँपालिका स्थित वडा नं ५ जात्तोला टोलमा बस्दै आएका ३६ बर्षिय लोकेन्द्र रोकायाको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको हो ।

आज बिहान घाँस काट्न रामारोशन लेकको पणीपाखामा गएका उनको घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको स्थानिय निराजन रोकायाले जानकारी गराएका छन् । मृतक रोकायाको श्रीमतीको पनि अघिल्लो साल मात्र घाँस काट्ने क्रममै लडेर निधन भएको थियो । मृतक रोकायाका ५ वटा नावालक छोराछोरी छन् । स्थानिय सरकार गठन भए यता रामारेशन पर्यटन क्षेत्रलाई संरक्षित क्षेत्र बनाउने नाममा रामारोशन क्षेत्रमा चरिचरन पुर्ण रुपमा बन्द गरे यता सयौँ बर्ष देखि उपभोग गर्दै आएका रामारोशन पातल निबासी स्थानिय गोठालाहरु १ दिन लगाएर टाढाको रोशन भीरबाट घाँस काटेर ल्याउन बाध्य छन ।

आफ्नो राजनैतिक स्र्वाथ सिद्ध गर्नकै लागि स्थानिय वन सेवाग्राहीको वस्तुगत आवश्यकतालाई समेत ख्याल नगरी स्थानिय सरकारका अगुवा र सरोकारवाला व्यक्तिहरुको जनविरोधी निर्णयका कारण बर्षेनि रामारोशन बासीले यसरी नै मृत्युवरण गर्नु परेको रामारोशनका स्थानिय युवा बलराम रोकायाले टिप्पणी गरेका छन ।

केहि मुट्ठीभर नामुद ठालुको कारण हजारौँ बर्षदेखि उपभोग गर्दै आएको रामारोशन वनमा कुहिएर जाने घाँस समेत स्थानिय सेवाग्राहीले काटन नपाउँदा दिनभर लगाएर टाढाको अप्ठयारो भीरमा ज्यानको बाजी थापेर घाँस काट्न परेको समेत जानकारी गराए