दाङ लमही र राजपुरमा गरी थप ८ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ५९५

दाङ, दाङकाे लमही र राजपुरमा गरी थप ८ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शुक्रबार गरिएको स्वाब परिक्षणमा लमही नगरपालिकामा ६ र राजपुर गाउँपालिकाका २ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ५ सय ९५ पुगेको छ ।

जस अनुसार लमही नगरपालिका वडा नम्बर ५ मा २२ वर्षका महिला र पुरूष गरि २ जना, सोही वडाकै २३ वर्ष र १२ वर्षका बालिका , ३ नम्बर वडाका ३० वर्षकी महिला, २ नम्बर वडामा २८ वर्षको पुरूषमा कोरोना पुष्टि भएको छ ।

भने राजपुर गाउँपालिका २ नम्बर वडामा ३० वर्षको पुरूष र ७ नम्बर वडामा २८ वर्षको पुरूषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ । ३१ जनाको पिसिअार परिक्षण गर्दा २३ जनाको नेगेटिभ र ८ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएकाे छ ।