राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण बिनै स्वाव फिर्ता गर्यो

दङ्गाली नागरिकले पाए सास्ती

दाङ, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण गर्न शुल्क मागेपछि यहाँका स्थानीयतहले स्वाब परिक्षण गर्न अन्यत्र जिल्ला पठाउन थालेका छन् । प्रतिष्ठानले आर्थिक कारण देखाउँदै स्वाब परिक्षण गर्न नमानेपछि यहाँका १० वटै पालिकाहरुले विकल्प खोज्न थालेका हुन् । शुक्रबार मात्र यहाँका तीन स्थानीय तहहरुले स्वाब नेपालगञ्ज पठाएका छन् । प्रतिष्ठानले परिक्षण गर्न नमाने पछि तुलसीपुर उपमहानगरपालिकाका १ सय ७९, बबई गाउँपालिकाका ५३ र शान्तिनगर गाउँपालिकाका ३६ जनाको स्वाब नेपालगञ्ज पठाइएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संघीय र प्रदेश सरकारको सहयोगमा पिसिआर मेसिन राखेर प्रतिष्ठानमा स्वाब परिक्षण हुँदै आएको थियो । प्रतिष्ठानमा दुई वटा मेसिन जडान भएपछि परिक्षणको दायरा बढ्ने आशामा बसेका जिल्लाबासी जिल्लाकै स्वाब बाहिर पठाउँदा आक्रोसित समेत भएका छन् जिल्लाका अन्य पालिकाहरुले पनि भैरहवा र काठमाडौंमा स्वाब पठाउने तयारी गरेका छन् ।

प्रतिष्ठानले संकटको समयमा पैसाको कारण देखाउँदै स्वाब परिक्षण रोकेपछि सर्वत्र आलोचना हुँदै आएको छ । यता क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन सकिन लागेको बेलामा प्रतिष्ठानले यस्तो गैरजिम्मेवारपन देखाएपछि क्वारेन्टाइनमा बसेकाहरू थप चिन्तित बनेका छन् । यस क्षेत्रको स्वाब परिक्षणका लागि प्रतिष्ठानमा मात्र कोरोना परीक्षण ल्याव स्थापना गरिएको छ । तर प्रतिष्ठानले प्रति स्वाब ५ हजार ५ सय लिएर मात्रै चेकजाँच गर्ने भएपछि यहाँका स्थानीय तहहरु समस्यामा परेका छन ।

दाङ्गका १० वटै स्थानीय तहमा वुधबार संकलन भएका स्वाब लिएर जाँदा माथिको आदेश भन्दै फिर्ता पठाइएपछि अहिले स्थानीय तहमा थप संकट पैदा भएको छ । ‘फोन गर्दा उठ्दैन, स्वाब लैजादा परिक्षण हुँदैन, जिम्मेवार निकाय नै गैर जिम्मेवार भएको छ ,तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनले संघ र प्रदेशबाट सहयोग आइरहेको सन्दर्भमा पैसा नभएको कारण देखाउँदै स्वाब परिक्षणमा ढिलासुस्ती हुनु उचित नभएको बताए ।

यता घोराही उपमहानगरपालिकाका नगरप्रबक्ता भरत अर्यालले पनि स्वाब परिक्षण नभएको बताउँदै पैसा तिरेर परिक्षण गराउन नसक्ने बताए । केहिदिन अगाडि प्रतिष्ठानले १० वटै पालिकाहरुको सभा सम्पन्न भैसकेपछि पालिका प्रमुखलाई सहयोग गर्नु पर्ने बताएको थियो । तर संघ र प्रदेशले गरिरहेको बेला आफूले कुनै पनि शिर्षकमा रकम दिन नसक्ने बताएपछि प्रतिष्ठानले स्वाव फिर्ता गरेको प्रबक्ता अर्यालले बताए । ‘क्वारेन्टाइन, आइसोलेन लगायतका धेरै कुरा हामीले व्यवस्थापन गरेका छौ, परिक्षणको पैसा पनि कसरी तिर्न सकिन्छ’ प्रबक्ता अर्यालले भने ।

अन्य पालिकाहरुले पनि प्रतिष्ठानमा चेकजाँच नहुँदा समस्या परेको र ‘अव क्वारेन्टिनमा रहेकाहरुको स्वाव परिक्षण गरेर सकियो भन्ने बेलामा झन यस्तो आइलागेको भन्दै पालिकाहरुले प्रतिष्ठानमा स्वाब परिक्षण नभएपछि अहिले काठमाडौ, नेपालगञ्ज र भैरहवा पठाउन थालेकाे बताएका छन् । प्रतिष्ठानमा दुइवटा पिसिआर मेसिन जडान भएपनि बुधवारबाट परिक्षण वन्द गरिएपछि यस ठाँउका नागरिक सेवाबाट बञ्चित भएका छन् । यता बिपद ब्यबस्थापन शाखाका घोराही संयोजक शक्तिराम डाँगीले परीक्षण बिनानै स्वाव फिर्ता गर्नु गलत भएको बताएका छन् । उनलेले कहाँनिर कुरा नमिलेको छ त्यसलाई तुरुन्तै सच्याउन पनि आग्रह गरेका छन् ।

यता यस बिषयमा प्रतिष्ठान संग प्रतिकृया लिन खोज्दा त्यहाँ भएका पदधिकारी सम्पर्क बिहिन भएपछि काठमाण्डाैं गएकी उपकुलपति संगिता भण्डारी संग फोनमा कुरा गर्दा हामीलाई सरकारले पनि रकम नदिएकाले हामी संगपनि रकम सकियो त्यसकारण हामीले स्वाव परीक्षण नगरी फिर्ता गरिएको बताइन् । फाेन संबादमा कुरा गर्दै उनले पालिकाले आफै सहयोग गर्छौ भनेकाले हामीले बिल र पत्र पठाएको थियौ तर गर्नुभएन र हामीले पनि मागेका छैनौ त्यसैले प्रतिष्ठानले सकेको मात्र परीक्षण गर्ने पनि उनले भनिन् । दाङमा स्थानीयतह र प्रतिष्ठानको समन्वय राम्रो नहुँदा नागरिकले थप सास्ती खेप्नु परेको छ ।