पञ्चदेवल विनायक नगरपालिकाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नगरपालिकाले गर्यो यस्तो निर्णय

अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिकामा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना प्रतिकार्यमा खटिएका एकजना स्वास्थ्यकर्मीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

१५ दिन अगाडि उनको स्वाव परिक्षणका लागि लगिएको थियो ।असार १९ गते आज पिसिआर रिपोर्ट आएको हो ।संक्रमित स्वास्थ्यकर्मी पंञ्चदेवल विनायक नगरपालिका ले निर्माण गरेको क्वारेन्टाइन मा खटिएका थिए । विगत केहिदिन यता उक्त नगरपालिका को २ नं वडाले निर्माण गरेको क्वारेन्टाइनमा खटेर सेवा दिईरहेका थिए ।

योसगै नगरपालिकामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । संक्रमितको संख्या वढेसगै वन्दावन्दि थप कडाई अर्थात सिल गर्ने निर्णय पंञ्चदेवल विनायक नगरपालिका संकट व्यवस्थापन केन्द्रका संयोजक तथा नगरप्रमुख देवराज देवकोटाले जानकारी दिए ।

संकट व्यवस्थापन केन्द्रको शुक्रबा। बसेको वैठकले अत्यावश्यक पसल विहान ७ वजेदेखि ९ वजेसम्म साझ ५ वजे देखि ७ वजेसम्म खोल्ने,ओषधि पसल २४ घण्टा खुल्ला गर्ने,लगायतका निर्णय गरेको पंञ्चदेवल विनायक नगरपालिका संकट व्यवस्थापन केन्द्र सदस्य तथा नगर कार्यकारी प्रमुख पदम माझिले बताए ।