गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,०६३

पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

योसँगै गण्डकीमा संक्रमितको संख्या एक हजार ६३ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रबार बिहान स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद बिन्दु शर्माले प्रेस विज्ञप्ति जारी गरी यो जानकारी गराएका हुन् ।

आज पुष्टि भएका संक्रमित नवलपरासी पूर्वका १९ जना, तनुहँका नौ, पर्वतका तीन र बागलुङका एक जना छन् । सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आसोलेसनमा लैजाने तयारी भइरहेको छ ।