आफ्नो समर्थनमा आन्दोलन गर्न ओलीको निर्देशन !

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा आन्दोलन गर्न आफू निकटका युवा र विद्यार्थीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा आफू निकटका युवा तथा विद्‍यार्थी नेतालाई बोलाएर आफूलाई घेराबन्दी पार्ने षड्यन्त्र भैरहेको भन्दै आन्दोलन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रिय युवासंघ का सहसंयोजक रमेश पौडेल, बच्चन सिंहलगायत बालुवाटार पुगेका थिए । त्यस्तै, अनेरास्ववियुका संयोजक ऐन महर, नेताहरु रश्मी आचार्य, रोशन बस्नेत, किरण पौडेल लगायतका नेता पनि छलफलमा सहभागी थिए । छलफलमा प्रधानमन्त्री ओलीसंगै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि थिए ।