शिक्षा मन्त्रीलाई पत्र !

श्री माननीय शिक्षा मन्त्री गिरीराजमणी पोखे्रल ज्यू सादर नमस्कार

आजको दिन सम्म आराम छु र यहांको गाथमा पनि आराम होला र होस भन्ने कामना गर्दछु । यहां तथा यहांको परिवारमा सदासर्वदा आराम होस भन्दै श्री पशुपति नाथसंग प्रार्थना समेत गर्दछु । माननीय ज्यू आजसम्मका शिक्षा मन्त्रीहरुमा गोविन्दराज जोशी, चित्रकला यादव र यहांको नाम चर्चामा आउंदछ । यहांलाई मैले एउटा नेपाली नागरिकको हैसियतले के स्मरण गराउन चाहन्छु । यहांबाट यो कुराप्रति कुनै आपति आउने छैन भन्ने विश्वास समेत गरेको छु । माननीय ज्यू हुन त हजुर आफै यसकुराको जानकार मात्र होईन विज्ञ हुनुहुन्छ । हजुरधैरै पटक शिक्षा मन्त्री समेत भईसक्नु भएको छ ।

यहांको कार्यकालमा वि.स. २०५२ सालदेखि रोकिएको शिक्षक सेवा आयोगको सुचारु भयो र आम शिक्षित वर्गले रोजगारीको अवसर समेत प्राप्त गरे यो नियमित प्रक्रिया झै भयो । हजुरको पालामा धेरै वर्ष सम्म अस्थाई रुपमा रहेका शिक्षकहरुले स्थाई हुने अवसर पनि प्राप्त गरेका छन । अव यहांको जिम्मेवारीमा ३८३५७ राहत, ४००० बढि उच्च मा. वि. का अस्थाई तथा अन्ने अनुदान कोटाका शिक्षक, बालविकास केन्द्रका हजारौं शिक्षक तथा निजी स्रोतका हजारौं शिक्षक एवम् कार्यरत कर्मचारीको लगायत सबै विश्वविद्यालयका अस्थाई, करार तथा आंशिक प्राध्यापकको भविश्य लाई व्यवस्थापन गर्नुरहेको छ । यति भएमा देशमा एकै खालका शिक्षक हुने सवालमा यहांको गरिमा तथा मर्यादा नेपाली जनताले कहिल्यै भुल्ने छैनान् ।

अझै विशेष गरि मासिक ६००० मा आफनो जीविको पार्जन गरिरहेका बालबिकास केन्द्रका शिक्षकको अवस्थाका बारेमा यहांको एकपटक ध्यान जाना किन सकेन यो आर्थीक वर्षमा जाला भन्ने थियो धेरै वर्ष देखिको यो समस्यामा यहांको ध्यान नगएको हो वा गएर पनि अर्थ मन्त्री संगको सम्बन्ध नजिक नभएर हो आम नागरिकको चासोको विषय बनेको कुरा स्मरण गराउन चहान्छु ।

माननीय शिक्षा मन्त्रीज्यू,

निजामति सेवामा कार्यरत कर्मरीको हाई फाई तथा तपाई मातहतका शिक्षक कर्मचारी विचको तुलना गर्नु भएको छ । किन फरक भएको छ यो आम शिक्षकको चासोको विषय बनेको छ । हजुर त विज्ञ शिक्षा मन्त्री हो तर यहांको पालामा भएको एस ई ई को ग्रेडिङ्ग तथा स्नातक अध्ययनका लागी डी प्लस, ई प्लस लगायतले शिक्षाशास्त्र संकाय अध्ययन गर्न पाउने व्यवस्था गर्नु भयो अन्ने संकायको लागी त्यो भन्दा बढि ग्रेड हुनै पर्ने व्यवस्था गराउंदा जस्तो व्यक्लिे पनि शिक्षा पढ्न पाएपछि किन राम्रो शिक्षक विद्यालयमा भित्रेला ? अनि तालिम प्राप्त शिक्षक, सक्षम, सबल शिक्षक पाउने आशा किन गर्नु भयो ।

यो ठाउंमा शिक्षाशास्त्र संकाय अध्ययनका लागी ए प्लस, ए बी प्लस, बी किन बनाउन सक्नु भएन । छिमेकि मुलुक भारतको कुरा गदा नि शिक्षक हुन नसकेको जनशक्ति अन्ने सेवामा प्रवेश गर्दछ तर हाम्रो देशमा अन्ने सेवामा नसक्नेहरु शिक्षक सेवामा प्रवेश गर्नेगरेको पाईन्छ । यो कुराको हेक्का यहांलाई नभएको होईन छ । हालैको शिक्षक सेवा आयोगले लिएको स्थाई अध्यापन अनुमति पत्रको नतिजामा १० देखि १७ प्रतिशत हुनु नै विश्वविद्यालयको पठन पाठनको विषयमा प्रश्न गर्ने होईना तर सामान्य ग्रेड सिटका विद्यार्थीलाई शिक्षा जस्तो गरिमामय विषमा पठनपाठन गर्ने अवसर प्रदान गर्नले हो । यस विषमा गहन अध्ययन गर्नु आवश्यक छ ।

माननीय शिक्षा मन्त्रीज्यू

म अब वर्तमान समयको बारेमा केहि अवगत गराउंन अनुमति माग्दछु । यहांबाट अन्यथा हुने छैन भन्ने विश्वास त मैले लिएकै छु । चीनको बुहानबाट विश्वभरी फैलिएको कोभिड १९ वा कारोना महामारीले हाल विश्व आक्रान्त छ । नेपाल पनि यसबाट टाढा रहन सकेन । बरु दिन प्रति दिन विकराल बन्दै गएको छ । मिति २०७६ साल चैत्र ५ गते बसेको क्याविनेट वैठक बाट फलामे ढोका मानिएको एस ई ई परीक्षा सोहि महिनाको ६ गतेदेखि थियो । सबैकाम पुरा भएको थियो संक्रमण पनि एक दुई जनामा मात्र थियो हतारमा यहांले स्थगित गर्नेनिर्णय गर्नु भयो । त्यसबेला संक्रमणको कुनै डर, त्रास थिएन गराएको भए भईहाल्ने स्थिति थियो तर हतारमा अध्ययन नै नगरी स्थगित गर्दा आजको निर्णय गर्न यर्हालाई बाध्य बनायो ।

यहांले के वास्तविकताको अध्ययन गर्नु भएको छ सबै विद्यालयले आन्तरीक परीक्षा बनाएका होलान ? कदापी छैनन् किनकि आन्तरिक परीक्षाको अंकमा वैधता वा जोडिने अवस्था थिएन । विद्यालयले पनि किन झन्झट गर्ने काम गर्थे र विद्यार्थीले नि नजोडिने भएपछि किन परीक्षा दिन्थे बरु त्यसको सट्टामा टिउसन, कोचिङ्गको लागी सहरबजारमा गएर अध्ययन गर्नबाध्य थिए ।

हुन त म स्वयम्ले केहिदिन अगाडी वा हाल सरकारको निर्णय आउनु धेरै दिन अगावै विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा एस ई ई को नतिजा प्रकाशन गर्दा फरक नपर्ने कुशेन्युज अनलाईनको आलेखमा उल्लेख गरेको थिए । आज यहांले सोहि गर्नुमा विज्ञहरुको सुझावलाई कार्यन्वयन गरेको होला नै । तर पनि नतिजा प्रकाशन पछि तत्काल अध्ययन गर्न पाउने भए पो यसको अर्थ नत्र त के अर्थ होला र? यसको निर्णय गरेर मात्र भएन कक्षा ११, १२ तथा विभिन्न विश्वविद्याालयका स्नातक तथा स्नातकोत्तर तहका वार्षिक तथा सत्रान्त परीक्षाको बारेमा के हुन्छ ? के ति लाखौ विद्याार्थीको वर्ष वा सत्रान्त गाभिदैन त? अचुक तथा हतारको निर्णयले के र कहिले सम्म असर पुग्न सक्दछ यस तर्फ कसको ध्यान जाने हो ? प्र्रश्नको उत्तर कसले दिन्छ।

माननीय शिक्षा मन्त्रीज्यू,

विशेष खवर त अव भन्न अनुमति चहान्छु । नेपालमा दिन प्रतिदिन कोरोनाले महामारीको रुप लिदै छ । यो हजुरलाई अवगत नै छ । यहांले असार १ गते देखि विद्यालय सञ्चालनको आह्वान त गर्नु भयो तर यसबाट भविश्यमा हुन सक्ने क्षतिको पनि त गहिरो अध्ययन गर्नु भएको होला । यहांका सल्लाहकार पनि विज्ञ नै होलान । मलाई लागेको जिज्ञासा वा अधिकांश शिक्षकको जिज्ञासा हो यो ।

विद्यालय त खोल्ने काम, अभिलेखिकरणको काम, भर्नाको काम, पाठ्यपुस्तक वितरणको काम, टोल पढाईको काम, अनलाईन पढाईको काम, रेडीयो शिक्षा, दुर शिक्षा तथा टेलिभिजनबाट पढाई गर्नु सराहनीय काम हो तर विकसित देशमा मात्र हाम्रो जस्तो देशमा बत्तिको निश्चित छैन आउने जाने, धेरै ठाउंमा बत्ति नै छैन । कतिपयमा नेट तथा ईन्टरनेटको सुविधा अनि सबैको पहुंच पनि त छैन । भएकोमा राम्रो संग चल्दैन ।

सरकारले आर डी टी परिक्षण गरेर क्वारिन्टिनमा बसेका लाई घरमा पठायो तर घरमा गएको केहिदिन पछि कोरोना पुष्टि भएको त यहांलाई अवगत नै छ । त्यस्तो ठाउंमा बालबालिकाको पठनपाठन होला कि नहोला ? शिक्षकले के जिलोज्यान दिएर पढाउलान ? अभिभावकले कसरी हुर्काएका छन छोराछोरी के पठाउलान ? यो त एउटा झारा टार्ने जस्तो भएन र ? के ससाना नानी बाबुले सामाजिक दुरी कायम राख्लान ? के एउटै विद्यालयमा कार्यरत शिक्षकहरुले सामाजिक दुरी कायम राख्लान विश्वस्त हुने अवस्था छ ? अवश्य पनि छैन । खासगरि ६ महिना एक वर्ष ढिला भएपनि आकाशको तारा झार्ने वा तत्काल वैज्ञानिक भएर देशलाई नोक्सान भैे हाल्ने पनि देखिदैन । आज हामीले समयमा ध्यान दिन नसक्दा भोलिको विकरालपन आउन नदिने महानता हो कि ?

हुन त शिक्षा मन्त्री ज्यूलाई के भो र पजेरोमा चढ्नेलाई । बन्दाबन्दिको समयमा पनि हाम्रा जनप्रतिनिधिले गाडीभाडाको मूल्य राज्यकोष बाट पाउनेकाम र लिने काम नभएको होईन । देश महामारी बाट आक्रान्त भईरहेको बेला प्रदेश सरकारका जनप्रतिनिधिले आफनो तलब भत्ता बढाएको ईतिहास हाम्रो देशमा अनौठो होईन ।

यहांले एकपटक सर्वसाधारण नागरिक त्यो पनि विपन्न नागरिक भएर चिन्तनमनन गर्दा हुन्छ कि एकपटक शिक्षक त एकपटक विद्यार्थी भएर वा त्यो ठांउमा आफ्ना छोराछोरी लाई राखेर मनन गरौं त भोलीको हालत के होला ।  एउटा कार्यालयमा बसेर निर्णय गर्दा र वास्तविकतामा वा धरातलमा पुगेर काम गर्दाको परिणाम के होला ? कक्षा नर्सरी, एलकेजी वा कक्षा एकमा अध्ययनरत बालबालिका लाई प्रत्यक्ष हात समातेर पढाउंन त पति गाहे हुन्छ भने अनलाईन, रेडियो, टेलीभिजन लगायत बाट पढाउंदा कसरी सिक्लान ? एकपटक सोचौं त । ससाना लालाबालामा कोरोनाले महामारी लाग्दाको अवस्था लाई केहामीले साचेका छौं । यो त हात्तिको देखाउने दांत त भएन ?
शिक्षामन्त्री ज्यू विदेश बाट आफनो जन्मभूमि फर्केर सुरक्षित रुपमा बस्ने आशा तथा अभिलाषा बोकेर स्वदेश फिर्ता भएकी सुदुर पश्चिमकी महिलाको सरकारी कर्मचारीबाटै बलत्कृत भएको तितो यथार्त त हामी संगै छ ।

विभिन्न विश्वविद्यालयका परीक्षाहरुको व्यवस्था गर्नका लागी यहांले निर्माण गरेको यु.जी.सी. ले सके परीक्षा सञ्चालन गर नसके अर्काे सेमेष्टर वा वर्षको पठनपाठन गर्नका लागी यहां समक्ष प्रतिवेदन बुझाएको छ यसका बारेमा निकै गहिरीएर सोचेर निर्णय गर्दाराम्रो होला । यहा. जस्तो विज्ञ शिक्षा मन्त्री हदा आम जनता तथा नेपाली विद्यार्थीहरुमा निकै चासोले हेरिएको छ ।

मन्त्री ज्यूले आफना सल्लाहकारबाट सरह तथा उपयोगी सल्लाह लिनेकाम त भएको होला । समग्र नेपाल तथा नेपालीको हितमा हुने खालका सहि निर्णयले भविष्यसम्म सबैले सम्झीने तथा मान्ने वातावरणले यहां तथा यहांको राजनीतिमा पनि फाईदा त पुग्दछ नै यहांको जय जय कार गर्न नि पछि पर्ने छैनन् । हालको समय देश तथा विश्वको अवस्था निकै कमजोर थिलथिल भएको कुरामा यहांको ध्यान नगएको होईन गएको होला ।

सहज अवस्थामा काम गर्ने नेता वा मन्त्री भन्दा असहजतामा काम गर्ने नेता तथा मन्त्रीको परिक्षण गर्ने बेला यहि हो । यहांमा त्यो खालको क्षमता छ नेपाली जनताले त्यो अपेक्षा गरेका छन् । हामी सर्व साधारण त हिलो, माटो, धुलोमा काम गर्ने मान्छे हो । हामी हाम्रा स्टाफ, अभिभावक, विद्यार्थी संग टाढा रहेर काम गर्ने वातावरण हुदैन । किनकि यहांको जस्तो चिल्लो गाडीमा चढ्ने हैसियत नेपाली अभिभावकले प्राप्त गरेका छैनन् ।

त्यसकारण मन्त्रीज्यू सक्नु हुन्छ भने निम्न काम गरेर आम अभिभावक, शिक्षक तथा विद्यार्थीको मनोवल उच्च बनाई करिब ९० लाख विद्यार्थीको भविष्य उज्वल बनाउनेतथा शिक्षा प्राप्त गर्ने वातावरण तत्काल तयार गर्दै कोभिड १९ को संक्रमण बाट पनि बच्ने उपाय गरिदिन मेरो आग्रह तथा अनुरोध छ । यसलाई सचेत नागरिकको आग्रह सम्झीएर मनन् गर्नु हुनेछ।

-प्रत्येक शिक्षलाई सकेसम्म ल्यापटपको व्यवस्था गरेर अनिवार्य अनलाईन कक्षा लिने वातावरण मिलाउने साथै शिक्षकलाई नेट वा डाटाको सहुलियत तथा वत्ति जाने अवस्थाको होस ।
– विद्यार्थीको घरमा सहज तथा सुलभ नेट, स्मार्ट फोन एवम वत्तिजाने अवस्थाको अन्त्य गर्ने ।
– दुर्गम जिल्लामा सौर्य उर्जाको व्यवस्थाका साथै ४ जी चल्ने वातावरण लगायत टोलमा राखेर माईकको माध्यामबाट सिकाउने वा पढाउने वातावरण तयार गर्ने ।
– गरिब तथा निमुखा, विपन्न परिवारको लागी कम्तमिा पनि रेडियोको व्यवस्था गर्र्ने साथै उनिहरुलाई सामान्य रेडियो, एफ एम सुन्न मिल्ने मोबाईल भए पनि सरकारले प्रदान गरोस ।
– शिक्षक तथा विद्यार्थी लाई मास्क, सेनिटाईज लगायतका सामाग्रीको व्यवस्था होस ।
– अनिवार्य सामाजिक दुरीको कायम गर्ने, पठन पाठन लगायत घुम्ती पढाईको अनुगमन गर्ने निकायलाई कडाईका साथ अनुगमन गर्ने वातावरण तयार होस ।
– शिक्षक तथा कर्मचारी लाई प्रोत्साहन गर्ने गरि वातावरण तयार होस ।
– विश्वविद्यालय वा अन्ने निकायमा रोकिएका सुरु तथा अन्त्यका परीक्षा प्रणाली बाहेक अन्ने (सेमेष्टर तथा वार्षिक) परीक्षा प्रणाली लाई तत्काल परीक्षा हुने संम्भावना नभएकाले आपतकालीन व्यवस्था गरेर माथील्लो तह वा सेमेष्टरमा अध्ययन गर्ने वातावरणको तयार होस
– नेपालका सबै ठाउं तथा सबै विद्यालयमा आई सि टी को लागी आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारको पूर्ण व्यवस्था होस ।
– नेपाल दुरसञ्चार संस्थान तथा शिक्षामन्त्रालय विच सहुलियत तथा राम्रो नेटको व्यवस्था गर्न हस्ताक्षर वा सम्झौता गर्ने काम होस ।
– आम नागरिकले कुनै दुविधा नभएको वातावरण तयार होस ।

यावत कुरा आधारलाई केन्द्रीकृत गरेर यहांले सहि तथा आवश्यक तथा उपयागी हुने र सबैको प्रशंसनिय निर्णय बाट यो समयमा सबैको मन जित्ने कुरामा म लगायत सबै नेपाली तथा आम सरोकारवालाको विश्वास रहेको छ । यो पत्रलाई अन्यथा व्याख्या नहोस तथा हुने छैन । अस्तु !

एकराज शर्मा
शिक्षक
मध्यपश्चिमाञ्ल विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांके