बिशालु च्याउ खादा बिरामी परेका सातै जना निको भएर घर फर्किए

सिसहनियाँ, दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा जंगली च्याउ खादा विरामी परेका सातै जना अस्पतालबाट निकाे भएर घर फर्किएका छन् । बिशालु च्याउ खाएर बिरामी पर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर-४ मौरीघाट बस्ने बर्ष ४२ कि दिपा चौधरी, यस्तै सोहि ठाउँ बस्ने एकै घर परिवारका ६ जना विरामी परेका थिए ।

विषालु च्याउ खाँदा ३३ बर्षको राजेन्द्र चौधरी, बर्ष ५० कि अक्कली चौधरी , बर्ष ३२ को भुमा चौधरी ,२२ बर्षिय निराजन चौधरी, ९ बर्षिया बालिका र ११ बर्षिय बालक विरामी परेका थिए ।

उनीहरूको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बुधवार जंगलबाट ल्याएको च्याउ खादा उनी सवै विरामी परेका थिए ।