दाङमा थप दुई जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ९३

दाङ,  दाङमा विहिवार थप दुई जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा एकरएक जना कोरोना संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा विहिवार १ सय ४३ जनाको स्वाब परिक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ आएको हो ।

जसमा घोराही रझेना क्वारेन्टाईनबाट संकलन गरिएको मध्ये ५ नमुना परिक्षण गर्दा घोराही १९ का २९ बर्षीय एक पुरुष र दंगीशरणबाट संकलन गरिएको मध्ये पाँच जनाको परिक्षण गर्दा दंगीशरण ७ का ३६ बर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ९३ पुगेको छ ।