अछाम पंञ्चदेवल विनायक नगरपालिकामा थप ५ जनालाई कोरोना पुष्टि

अछाम पंञ्चदेवल विनायक नगरपालिका वडान ६ मा आज ५ जनालाई कोरोना पुष्टि भएको छ । योसंगै नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

नगरपालिकाको ८ नम्वर वडामा देखा परेका संक्रमितलाई मंगलसेन पठाइसकेको बताइएको छ । नगरपालिकाको ६ नं वडामा देखिएका ५ जनालाई पनि थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी भैरहेको नगरपालिका स्वास्थ्य शाखा संयोजक लक्ष्मिकान्त वजगाईले बताए ।

नगरपालिकाको ६ नं वडामा पुष्टि भएको संक्रमित केही दिन अगाडि भारतवाट आएको वताईएको छ । उनिहरुसगै थप पाँच जना क्वारेन्टाइनमा वसिरहेका छन ।