भन ए निस्ठुरी के गर्ने बिचार छ

गजल

चलाएर छुरी के गर्ने बिचार छ
भन ए निस्ठुरी के गर्ने बिचार छ ।

टहराको वास सम्झनामा तिमी
पठाई रैछेउ हुरि के गर्ने बिचार छ ।

यता मेरो मुटु झिकी राखी सके
पठायौ खुकुरी के गर्ने बिचार छ ।

म छु मजबुरी म पर्ख न ए सानु
बनाई मन आतुरी के गर्ने बिचार छ ।

सिकारीको फन्दा परे थाहा पाउली
बनेर कस्तुरी के गर्ने बिचार छ ।

कमलबजार, अछाम
हाल नेपालगन्ज