क्वारेन्टाइनबाट भागेकी महिलालाई पुन: क्वारेन्टाइनमा फर्काउन असफल

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिकाको क्वारेन्टाइनबाट भागेकी महिलालाई वडाध्यक्ष र प्रहरीले क्वारेन्टाइन फर्काउन असफल भएका छन् । क्वारेन्टाइनबाट भागेकी महिला पुन क्वारेन्टाइन अाउन नमानेपछि घरमै छोडिएको छ ।

वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलको क्वारेन्टाइनबाट राप्ती गाउँपालिका वडा नम्बर ६ मझेरीया निवासी ३५/४० वर्षिया एक महिला गेट नाघेर गएराती भागेपछि वडा अध्यक्ष वेदप्रसाद चाैधरी र प्रहरी चाैकी सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक गोपालकुमार मल्ल सहितको टोलीले सम्झाउन खोज्दा ती महिलाले म क्वारेन्टाइन जाँदैन बरू मर्न तयार छु मलाई गोली ठोकेर मार भन्दै गाली गरेपछि ती महिलालाई वडा अध्यक्ष र गाउँलेहरूको संरक्षणमा होम क्वारेन्टाइनमै राखेर फर्केको प्रहरी नायव निरिक्षक मल्लले बताए । उनका अनुसार ती महिला महिनाै दिन क्वारेन्टाइन बसेपछि मानसिक समस्या समेत देखापरेको बताए ।

भारतको मुम्बईबाट ४ जनाको परिवार सहित अाएका ती महिला क्वारेन्टाइनमा बसेको ३१ दिन पछि रिपोर्ट अाएको थियो जसमा छोराको रिपोर्ट पोजेटिभ अाएको र अन्यको रिपोर्ट नेगेटिभ अाएपनि पुन क्वारेन्टाइनमै राखिराखेको अवस्थामा उनी अाफ्ना श्रीमानलाई समेत नभनि भागेको उनका श्रीमानले सञ्चारकर्मीलाई बताएका छन् । छोरालाई देउखुरी कोरोना विषेश अाइसोलेसन सेन्टरमा भर्ना गरिएको छ । भने बाँकी परिवार क्वारेन्टाइनमै बसेका थिए । ती महिलाका दुई छोरा र श्रीमान रहेका छन् ।

१७ असार । दाङ देउखुरीको राप्ती गाउँपालिकाको एक क्वारेन्टाइनबाट भागेकी महिला पुन क्वारेन्टाइन अाउन नमानेपछि घरमै छोडिएको छ । वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलको क्वारेन्टाइनबाट राप्ती गाउँपालिका वडा नम्बर ६ मझेरीया निवासी ३५/४० वर्षिया एक महिला गेट नाघेर गएराती भागेपछि वडा अध्यक्ष वेदप्रसाद चाैधरी र प्रहरी चाैकी सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक गोपालकुमार मल्ल सहितको टोलीले सम्झाउन खोज्दा ती महिलाले म क्वारेन्टाइन जाँदैन बरू मर्न तयार छु मलाई गोली ठोकेर मार भन्दै गाली गरेपछि ती महिलालाई वडा अध्यक्ष र गाउँलेहरूको संरक्षणमा होम क्वारेन्टाइनमै राखेर फर्केको प्रहरी नायव निरिक्षक मल्लले बताए ।

उनका अनुसार ती महिला महिनाै दिन क्वारेन्टाइन बसेपछि मानसिक समस्या समेत देखापरेको बताए । भारतको मुम्बईबाट ४ जनाको परिवार सहित अाएका ती महिला क्वारेन्टाइनमा बसेको ३१ दिन पछि रिपोर्ट अाएको थियो जसमा छोराको रिपोर्ट पोजेटिभ अाएको र अन्यको रिपोर्ट नेगेटिभ अाएपनि पुन क्वारेन्टाइनमै राखिराखेको अवस्थामा उनी अाफ्ना श्रीमानलाई समेत नभनि भागेको उनका श्रीमानले सञ्चारकर्मीलाई बताएका छन् । छोरालाई देउखुरी कोरोना विषेश अाइसोलेसन सेन्टरमा भर्ना गरिएको छ । भने बाँकी परिवार क्वारेन्टाइनमै बसेका थिए । ती महिलाका दुई छोरा र श्रीमान रहेका छन् ।