राप्ती गाउँपालिकाको करङ्गेकोटमा ठुलो संख्यामा सलह, मकै बालीमा क्षति

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकोटमा बुधबार ठुलो मात्रमा सलह किरा देखा परेको छ । मंगलवार दिउँसो मात्र पूर्वबाट एक्कासी राप्ती गाउँपालिका वडा नम्बर १,२,३ र ४ मा देखापरेको सलह बुधबार पहाडी गाउँ करङ्गेकोटमा २/३ झुण्डमा सलह किरा अाएको स्थानीय चित्रबहादुर थापाले जानकारी दिएका छन् ।

ठुलो मात्रमा रहेको सलह विहान ९ बजे अाएको र अहिले हाँसिपुर तर्फ लागेको थापाले बताएका छन् । ठुलो समुहमा रहेका सलह मकै र धानबालीमा बसेपछि किसानहरुले थाल बजाउने,धुवा गराउने र हो हल्ला गर्ने र खेतबारीबाट धपाएका थिए ।

सलहले मंगलबार मात्र राप्ती गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा ठुलो मात्रमा मकैबालीमा क्षति पुर्‍याएको किसानहरूले बताएका छन् ।