चीनमा फेरि भेटियो अर्को डरलाग्दो भाइरस, वैज्ञानिकहरु आतंकित

काठमाण्डौ, कोरोना महामारीले विश्व नै थला परेको छ । यस्तो बेला त्यो भन्दा डर लाग्दो भाइरस फैलिए के होला ? विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको नयाँ भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् । तर, उनीहरुले चीनको कुन ठाउंमा त्यस्तो भाइरस फेला परेको भनेका छैनन् ।

भाइरसको बारेमा गंभिरतापूर्वक अध्ययन भैरहेकोले स्थानको बारेमा नखुलाईको उनीहरुको भनाइ छ । यदि अहिले नै ठाउं तोकेर भाइरस संक्रमणको बारेमा जानकारी दिंदा मानिसहरुमा डरलाग्दोसंग आतंक फैलने र त्यसको परिणाम घातक हुने देखिएकोले ठाउं गोप्य राखिएको हो । उनीहरूका अनुसार मानिसहरूलाई संक्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो ।

उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि नै फैलिने सम्भावनाले अनुसन्धानकर्ता, वैज्ञानिकहरु चिन्तित छन् । यदी यो कोरोना जस्तै गरि विश्व व्यापी भयो भने त्यसले कति मानिसको ज्यान जाला र त्यसले समग्र विश्व अर्थतन्त्रमा कतिको प्रभाव पर्ला ? भन्ने प्रश्नले आफूहरु आतंकित भएको वैज्ञानिकहरुको भनाइ छ । किनकी उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ ।

प्रोसीडिङ्स अफ द न्याश्नल एकेडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरूको खोजी भैरहेको उल्लेख गरेका छन् ।

यसबारे अनुसन्धान गरिरहेका प्राध्यापक किन चाउ चाङ र उनका सहकर्मीहरूका अनुसार यो अहिले फैलिएको त छैन तर यो नयाँ भाइरस सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो छ । अनुसन्धानकर्ताहरुले उक्त भाइरसलाई न्द्ध भ्ब् ज्ज्ञल्ज्ञ भन्ने गरेका छन् । उक्त भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ ।

उनीहरूले वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा त्यो भाइरसले संक्रमण गरेको प्रमाण फेला पारेका छन् । अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैनन् । यूकेको नटिङ्गम यूनिभर्सिटीमा कार्यरत प्राध्यापक किन-चाउ चाङले बीबीसीलाई भने- अहिले कोरोनाभाइरसका कारण हाम्रो ध्यान मोडिएको छ । तर हामीले सम्भावित खतरनाक नयाँ भाइरसलाई बेवास्ता गर्नु हुँदैन ।