मुड्केचुला गाउपालिकाले ल्यायो २९ करोड ८२ लाख ५० हजार बराबरको बजेट

डोल्पाा, डोल्पाको मुड्केचुला गाँउपालिकाले आफनाे बजेट सार्वजनिक गरेकाे छ । गाउपालिकाले कुल २९ करोड ८२ लाख ५० हजार बराबरको बजेट सार्वजनिक गरेको हाे ।

ब्यवसाय र रोजगार तथा पूर्वाधारलाइ पहिलो प्रथामिकतमा राखेको मुडके चुलाले प्रत्यक वडामा आफनै भवन निर्माण” ब्यवसायिक कृषि,पशुपालन, तथा रोजगार मुलक सिप र उत्पादन क्षेत्रमा बिशेष प्राथमिकतामा बजेट ब्यवस्था गरिएको गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

रहेपनि कोरोनाको कारण बजेटमा हेरफेर भएकोे गाँउपालिका अध्यक्ष शाहीले बताए । शाहीका अनुसार कोरोना महामारि तथा बिपत ब्यवस्थापन कोषमा झण्डै एक करोड बजेट बिनियोजन गरिएको र त्यसैबाट सबै किसिमका बिपतसँग लड्नका लागि बजेट खर्च हुने बताए । श्रमुड्केचुला गाँउपालिकाले प्राबिधिक शिक्षामा डिप्लोमामा अध्ययन गर्ने ४ जना र उच्च शिक्षा,डाक्टर,ईन्जिनियर पढ्ने ४ जनालाइ एक लाख पचास हाजरका दरले अनुदान दिन ।

लोकसेवा तयारी गर्ने २७ जना बिद्यार्थिहरुलाइ ३० हजारका दरले अनुदान दिने बजेटमा ब्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत डाँगीका अनुसार गरिब निमुखा र एक महिना देखी १६ बर्ष सम्मका बालबालिकाहरुलाइ महिनाको एकहजारका दरले १० महिना सम्म एकसय जनालाइ प्रोत्सान भत्ता दिने । सबै वडाका महिला स्वयसेविकाहरुलाइ प्रतीब्यक्ति ६ हजारका दरले भत्ता दिने बजेटमा समाबेश भएको बताए ।

जेष्टनागरिक सम्मान,सिलाइकटाइ तालिम,आरन औजार खरिद तथा थप सुधार तालिम,स्वास्थ्य क्षेत्रमा आकश्मिक उपचार खर्च,शाक्षर गाँउपालिका घोषणा,गाँउपालिकाको गूरु योजना निर्माण लगायतका योजनाहरुलाइ बिशेष प्राथमिकतामा राखिएको गाँउपालिका उपाध्यक्ष सविता कुमारी रोकायाले जानकारी दिईन।

दलित जनप्रतिनिधिहरुबाट दलितसँग जनचेतनामुलक कार्यक्रम,घुम्ती शिबिर,झोलुङ्गे पुल निर्माण,शिक्षामा बिशेष अनुदान,दुर्लभ रेडपाण्डा सँरक्षण लगायत कुल ७२ वटा शिर्षकमा मुड्केचुला गाँउपालिकाको आठौँ गाँउसभामा बजेट बिनियोजन गरिएकोे उपाध्ययक्ष रोकायाले बताईन ।