‘म’

कविता

हेक्का छैन मलाई
मेरो जिवनको बाटो
कत्तिखेर बिर्सिए मैले
मेरो ओठको एक घाम खुशी
फुस्किएर गयो कत्तिबेला म बाट ?
तिम्रो सपनाको कारिन्दा भएर
कहिले देखि हिडे म ?
तिम्रो योजना लेखिएर
कतिबेला कोरमेट भयो
मेरो जिन्दगिको इतिहास ?
परिवर्तन भएर तिम्रो आकाङ्क्षासँग
कतिबेला साटियो मेरो सौन्दर्य
र कतिबेला टास्यौ मेरो छतिको भित्तामा
तिम्रो अधिकारको सैनबोर्ड ?
कुन सागरमा मिसियो
मेरो प्रगतिको हिमाल पग्लिएर ?
कहा बग्यो मेरो उत्साहको सङ्लो नदि ?
मेरो आकाशको सितल जून चोरेर तिमिले
कुन बगैंचामा आनन्दीको शुशेलि हाल्यौ?
कैडा लागेर मेरो बर्तमानमा
हिड्नै नसक्ने बनायौ तिमिले
मरभुमी भएर मेरो मनको फाट
हरियो उम्रदैन आजकाल
सच्चै निको हुन नसक्ने भएकोछ
म भित्रको घाउ
निश्चित स्वतन्त्रताको घाममा सुकाएर मलाई
तिम्ले अलिकति उज्यालो आभास दिलायौ
र अँध्यारो स्थापित गरेर मभित्र
घृणाको साम्राज्य चलायौ
तर किन सोच्दैनौ तिमी
कि युगौ देखि फुल भएर पनि म
काडाहरु बिछ मुस्कुराइरहेकै छु।