पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं , नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।
निगमले मंगलबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ।

निगमका अनुसार पेट्रोल र डिजेलमा ५ रुपैयाँ र मट्टीतेलमा २ रुपैयाँ मूल्य बढाइएको हो । नयाँ मूल्य अनुसार काठमाडौँमा अब पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ। भने, डिजेल र मट्टीतेलको खुद्रा मूल्य ८७ कायम भएको छ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ।