विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो, १ करोड २ लाख संक्रमित

एजेन्सी, विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ।  कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख नाघेको छ ।

संक्रमितमध्ये पाँच लाख बढीको ज्यान गइसकेको वल्र्डओमिटरले जनाएको छ । यस्तै संक्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यस महामारीको चपेटामा परेर आज (सोमबार) बिहानसम्ममा ५ लाख १०८ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। त्यहाँ कोरोनाबाट मर्नेको संख्या १ लाख २५ हजार नाघेको छ। यसैगरी ब्राजिलमा ५७ हजार, बेलायतमा ४३ हजार, इटालीमा २९ हजार र फ्रान्समा २८ हजारभन्दा बढीको मृत्यु भएको छ।

संयुक्त राज्य अमेरिका, ल्याटिन अमेरिकी देशहरु तथा केही एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ।

अमेरिकामा २६ लाख ३७ हजारभन्दा बढी संक्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ९३ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी संक्रमितमध्ये ५७ हजार ६५ हजारभन्दा बढीको जनाको ज्यान गएको छ । यस्तै ६ लाख ३४ हजारभन्दा बढी संक्रमित रहेको रुसमा ९ हजार भन्दा धेरैको ज्यान गएको छ ।

चौथो स्थानमा रहेको भारतमा ५ लाख ४९ हजारभन्दा बढी संक्रमितमा १६ हजार ४८७ जनाको ज्यान गएको छ । भारतमा ३ लाख २१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।