डोल्पामा दुईजना पूरुषमा कोरोना संक्रमण पुष्टी

डोल्पा , डोल्पाका दुईजना पूरुषमा कोरोना पोजेटिभ देखिएको छ । चारदिन पहिला १८ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा पठाएको स्वाब परिक्षण पछि सोमबार दुईजनाको पिसिआर रिपोट भोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।

बर्ष ३१र ३२ का दुईजनाको रिपोट पोजेटिभ आएको र उनिहरुको कन्टयाक्ट ट्रेसिङ गरिाने र आबाश्यक्ता परेको खण्डमा शिल गर्न सकिने प्रजिअ सुनारले जानकारी दिए। नागरिकलाइ नआत्तिन र सुरक्षाका उपाय सबैले अपनाउन आग्रह गरे ।

जेष्ट २० गते ५८ बर्षका एक जना पूरुषको मृत्यू पछि कोरोना पोजेटिभ भएको डोल्पामा पुन दुइजना पूरुषमा कोरोना पुष्टी भएको छ । सदुरमुकाम दुनैकै क्वारेन्टिनमा बसेका पूरुषको स्वाब परिक्षणका क्रममा कोरोना पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका कोरोना फोकल पर्सन टेकबहादुर गूरुङले जानकारी दिए ।  पोजेटिभ भएको कुरा माैखिक रुपमा आएको र लिखित भरेसम्म आउने गुरुङले बताए ।

हालसम्म पिसिआर पोजेटिभ नभएको डोल्पामा पहिलो पटक दुईजना पूरुषमा देखिएपछि नागरिकहरु त्रसित भएका छन । डोल्पामा गाडि र जहाजबाट जिल्लामा दैनिक आउने गरेका छन । तर आएका सबै नागरिकहरु क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले बताए ।

दुईजनामा कोरोना पोजेटिभ भएसँगै जिल्लाको सुरक्षा ब्यवस्था थप कडाइ गरिएको प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए। सोमबार मात्रै सदुरमुकाम दुनैका क्वारेन्टिनमा रहेका ४० जना भन्दा धेरैको पिसिआर परिक्षण गरिएको छ ।  कोरोना पोजेटिभ भएपछि सबै सर्तक रहन र पिसिआर परिक्षणको दायरा बढाउन जरुरी रहेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले बताए  ।