कोरिया जान नपाएकाहरूको तर्फबाट सरकारलाई खुलापत्र 

श्री रमा भट्टराई ज्यु…..!

पररास्ट्र मन्त्रालय , काठमाडौं , नेपाल नमस्कार …

सर्बप्रथम त कर्मशिल अनि अरुको दु:ख र मिहेनत लाई आफ्नै दु:ख र मिहेनत जस्तै सम्झिएर दायित्व बोध र कर्तव्य बोध गर्दै दु:खि र पीडित  पक्षमा लगनशील भएर निरन्तर कार्य गर्ने हजुर जस्तो महान आदरणीय ब्यक्तित्व दक्षिण कोरिया जस्तो देशको लागि सहचारिको रूपमा नियुक्ति हुनुभएकोमा हामी eps भाषा परिक्षा अन्तर्गत २०१८ को कृषि तथा पशुपालन अन्तर्गत (२९००) को संख्या रहेका eps पीडितको तर्फबाट हजुरलाइ हामी सम्पुर्णको भित्रि हृदय देखिनै नमन गर्दै बधाई तथा सफल र सुमधुर कार्य कालको हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छौ……!

साथै हजुरलाइ हाम्रो केही कुरा अबगत गराउने अनुमती चाहान्छौ…..

रोजगार अनुमति प्रणाली इपियस मार्फत नेपालबाट रोजगारीको लागि दक्षिण कोरिया जानको निम्ति भाषा परीक्षा द्वारा कामदार छनोट गरि नेपाल सरकार मार्फत पठाइरहेको कुरा हजुरलाइ सर्बबिधित नै छ होला…..!

नेपालमा बर्सेनि परीक्षा लिने अनि धेरैलाई उतिर्ण गराएर लामो समय कुर्न लगाउने अनि अन्तिममा गयर २ बर्ष को समय सकिन्छ अनि कोरिया नपठाउने… येस्को मतलब नेपाल सरकारले हजारौं युवाहरूबाट रकम असुल्ने अनि तिनै युवा हरुको भबिस्यमाथी खेलवाड गर्ने गरेको छ….!

(कोरीयन भाषा पास गर्नु भनेको कोरियाको लागि रोजगारीको ग्यारेन्टी होईन ) थाहा छ….तर कोरिया लैजाने सपना देखाएर नलैजान पाइएला र ??? यो अबस्थामा (HRD KOREA ) यच आर डी कोरियामा ध्यानाकर्षण गराइ पहल गर्नुपर्ने ठाउँमा (EPS कार्यालय(बालकुमारी), HRD को कार्यालय (ग्वार्को) , श्रम मन्त्रालय, वैदेशिक रोजगार बिभाग र त्यस संग सम्बन्धित ब्यक्तिहरु पुर्ण रुपमा गैरजिम्मेवार देखिन्छन…!

पक्कै पनि यस् विषयलाई गम्भीर रूपमा लिइ संबंधित निकायलाई ध्यानाकर्षण गराइ इपियस पीडितको समस्यालाई फ्लोअप गरिदिनु हुन अनुरोध गर्दछौ….

हाम्रा मागहरु निम्न प्रकारका छन…

१) HRD कार्यालय कोरिया र ग्वार्खो ले २०१८ का २९०० कृषि पासरहरु मध्ये पनि विशेष गरेर रिमेडिकल वाला हरुको डकुमेन्ट रोजगार सेन्टरमा छिटोभन्दा छिटो जुनसुकै माध्यम बाट जसरी भए पनि पुर्याइदियोस ।  २) २०१८ का कृषि तर्फको २९०० जना पासर को रोस्टर डेट एक बर्ष थप गरियोस….

३) २०२०/२०२१ को कृषि तर्फको आबेदन बन्द गरि २०१८ कृषि तथा पशुपालन तर्फ पास भएर बसेकालाई छिटो भन्दा छिटो कोरिया लाने बाताबरण मिलाइयोस… किनकी रिमेडिकल भयर बसेका हरु २३०० जना को मिति २ महिना पछि सकिदै छ….।

४) २०१८ का कृषि पसरहरु जसको रिमेडिकल गरेर(२३००) जनाको २ बर्ष को डेट 2 अहिना पछि छिटै सकिन लागेको छ उनिहरुलाइ पहिलो प्राथमिकता दिइयोस…. . 5) कृषि तथा पशुपालनको कोटामा लान असम्भब भएमा २०१८ को कृषि पासर तर्फ विशेष गरेर (रिमेडिकल) वाला हरु (२३००) जनालाइ छिटो भन्दा छिटो मेनु फ्याक्चर तर्फ भए पनि लैजाने ग्यारेन्टी गरियोस….किनकी २०१८ को कृषि पासर विशेष गरि (रिमेडिकल) वाला हरु (२३००) जनाको २ बर्ष को समय सकिन अब मात्र २ महिना बाकी छ……! . 6) २०१८ का कृषि तथा पशुपालनका पासरहरु विशेष गरेर (रिमेडिकल वाला) हरु (२३००) जना सबै जना कोरिया नपुगे सम्म २०१९ का कृषि तथा पसुपालन का पासरहरुको नेपाल को इपियस कार्यालय बाट हुने सम्पुर्ण काम हरु जस्तैः Computer Data Entry , र Send प्रक्रिया पुर्ण रुपमा बन्द गरियोस…..! 7) नेपालबाट इपियस भाषा पास भएर बसेका लाई भन्दा पनि मौसमी कामदार,4DD भिसा,2DD भिसा को नाम मा १४/१५ लाख मोटो रकम असुलेर कमिसन को चक्कर मा लिप्त भयर कामदारहरु पठाउने काम बन्द गरियोस…! . धन्यवाद …! नमस्कार…!
इपियस पिडित २०१८ कृषि तथा पसुपालन तर्फका सम्पुर्ण (२९००) जना पासरहरु….!

दक्षिण काेरियाका लागि २०१८ मा नाम निस्केकाे तर अझैसम्म काेरिया जान नपाएकाहरूकाे तर्फबाट सरकारलाई खुला पत्र  ।