गण्डकीमा विहानै थपिए ३४ संक्रमित, संक्रमितको संख्या ८ सय ८८

बागलुङका मात्रै २७ जना

पोखरा, गण्डकी प्रदेशमा आज (आइतबार) विहानै थप ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमित बागलुङ, तनहुँ र पर्वत जिल्लाका छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद बिन्दु शर्माले विज्ञप्ति जारी गरी प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप संक्रमण पुष्टि भएको जनाएका छन् ।

बागलुङको बडीगाड गाउँपालिकाका ६ पुरुष, बागलुङ नगरपालिकाका १७ पुरुष, बागलुङकै काठेखोला गाउँपालिकाका दुई महिला र दुई पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई महिला, भानु नगरपालिकाका तीन पुरुष, व्यास नगरपालिकाकी १४ वर्षीया एक किशोरी र पर्वतको कुश्मा नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको हो।

योसँगै गण्डकीमा संक्रमितको संख्या आठ सय ८८ पुगेको छ ।